




हाम्रो बारे
हाम्रो राजाकोट बहुउदेश्यीय सहकारी संस्था लिमिटेड
यस हाम्रो राजाकोट बहुउदेश्यीय सहकारी संस्था लिमिटेड लुम्बिनी प्रदेशको दाङ जिल्ला दंगीशरण गाउँपालिका वडा नं.२ कलमखोलामा अवस्थित कृषि वन उद्यममा आधारित सहकारी संस्था हो ।
थप हेर्नुहोस्
-
१२५+
सदस्यहरू
-
४०+
उत्पादनमा आबद्ध उद्यमी
राजेन्द्र घर्ती (अध्यक्ष)
दंगीशरण गाउँपालिकाको सहकारी संस्था दर्ता ऐन २०७४ को परिच्छेद २ को दफा ६(१) बमोजिम वि.सं. २०७९ फाल्गुन २८ गते विधिवत रुपमा दर्ता भई सञ्चालनमा आएको यस सहकारी संस्थाले विभिन्न आरोह अवरोहहरु पार गरी जटिल परिस्थितिहरुको सामना गर्दै आजको अवस्था सम्म आई पुगेको छ ।
सहकारीको मर्म, सिद्धान्त र अवधारणा भनेकै परिस्थिती जस्तो सुकै होस् सदस्यहरुमा एक आपसमा हातेमालो र सहकार्य गर्दै अघि बढ्नु हो । तसर्थ, यो संस्था पनि असहज परिस्थितीको सामना गरिरहेका आफ्ना सदस्यहरुसंग हातेमालो गर्न पछि हट्ने कुरै भएन । समाजमा उद्यमशिलताको सिर्जना भए मात्रै स्थानिय स्तरमा रोजगारीको अवस्था सिर्जना हुन्छ । रोजगारीमा बृिद्धभए मात्रै आय तथा उपभोगमा बृद्धि हुन्छ । आय तथा उपभोगमा हुने बृद्धिका कारण व्यक्तिको जिवनस्तरमा बृद्धि भई समग्र समाजको आर्थिक हैसियत सकारात्मक हुन सक्छ ।
यही मान्यतालाई स्थापित गर्न हामीले कृषि वन उद्यमको विकास सँगै संस्थाका पञ्च वर्षिय रणनीतिक तथा व्यावसायिक योजना निर्माणबाट ‘हरित उद्यम, समृद्ध जीवन’ भन्ने नारा तय गरेका हौं । समृद्धि एकल प्रयासले सम्भव हुने कुरो होईन यसका लागि सबैसँग हातेमालो गर्दै अघि बढ्नु पर्ने हुन्छ ।थप हेर्नुहोस्
हाम्रा सेवा उत्पादनहरु

बचत (Saving)
- मासिक बचत
- व्यक्तिगत बचत
- बाल बचत
- उद्यमी बचत
थप पढ्नुहोस्

कर्जा (Loan)
- कृषि कर्जा
- राजाकोट सरल कर्जा
- आकस्मिक कर्जा
- उद्यमशीलता विकास कर्जा
थप पढ्नुहोस्

दुनाटपरी उत्पादन
- टपरी
- मःम दुना
- चाट दुना
- अचार/चट्नी दुना
थप पढ्नुहोस्

ढकिया उत्पादन
- ढकिया
- पुजाडाली
- कलमदानी
- हटकेस
थप पढ्नुहोस्
संख्यामा
हाम्रो सफलता
महिला सदस्यहरू
उद्यमी सदस्यहरु
कृषि वन उद्यमहरु
वार्षिक कारोबार (लाखमा)
फोटो ग्यालरी
के तपाई कृषि वन उद्यममा आवद्ध हुन चाहनुहुन्छ?
के तपाई यस संस्थाको सदस्यता लिन चाहानुहुन्छ?
ताजा समाचार
राजाकाेट बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न
- By yessc
- December 16, 2025
सहकार्यः




